क्यानडाको सुरक्षाको निकायको गुप्तचरहरूले तयार गरेको रिपोर्ट लिक भएपछि यसले संसारमा नै हल्ली खल्ली मच्चिएको छ। सो रिपोर्टमा चीनले क्यानडाको निर्वाचनमा चासो दिएको तथा हस्तक्षेप गरेको कुरा उल्लेख छ। सार्वजनिक भएको रिपोर्ट अनुसार चीनले क्यानडाको सत्ताका लागि पैसा सहयोग गर्ने र सूचना प्रवाह गर्नेसम्मका कामका लागि सहयोग गरेको थियो।
क्यानडाली आधिकारिक प्यानलले भने सन् २०१९ र २०२१ को निर्वाचनमा चिनियाँ प्रभावले कुनै असर नगरेको दाबी गरेको छ। अहिले क्यानडामा रहेको चिनियाँ माथिको दृष्टिकोणमा परिवर्तन हुन थालेको छ। यसैले जातीय रूपमा क्यानडामा असर गर्ने जोखिमसमेत आङ्कलन गरिएको छ।
चिनियाँ कुटनितिज्ञसँगको सम्बन्ध बाहिर आएपछि सन् २०१९ मा सत्तारुढ लिबरल पार्टीबाट निर्वाचित सांसद हाङ डोङले राजीनामा दिइसकेका छन्।
बेइजिङको चुनौती क्यानडामा बढ्दै गएको आशङ्का गरिएको छ। साथै बेइजिङ विरोधी आवाजलाई बन्द गर्न ठूलो कसरत पनि गर्न थालिएको छ। लगातार लिक भएको त्यो रिपोर्ट अनुसार क्यानडाका सङ्घीय, प्रान्तीय तथा स्थानीय तहका अधिकारीले ठूलो लाभ लिएको प्रस्ट भएको छ। यस प्रकरणमा समावेश ती अधिकारीको विरुद्धमा कुनै कानुनी छानबिन पनि हुने गरेको छैन।
यो आरोप लगाइएका धेरै जसो नेताहरू चिनियाँ मूलका हुन्। चिनियाँ मूलका ती नेतृत्वलाई आफ्नो अनुकूल प्रयोग गर्न बेइजिङलाई सहयोग पनि भएको छ। यो रिपोर्ट प्रकाशित भइसकेपछि पहिलो पटक निर्वाचित चिनियाँ मूलका केन सिमले आफू आर्य समुदायको नभएको कारण यो समस्या आएको बताएका छ।
अहिले संसार नै जलवायु परिवर्तन, सामाजिक स्वास्थ्य तथा वातावरण सुधार जस्ता कुरामा अल्झिएको समयमा संसारको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन क्यानडामा आफ्नो प्रभाव जमाउन चाहन्छ।
चिनियाँ कुटनितिज्ञसँगको सम्बन्ध बाहिर आएपछि सन् २०१९ मा सत्तारुढ लिबरल पार्टीबाट निर्वाचित सांसद हाङ डोङले राजीनामा दिइसकेका छन्। उनले आफूमाथि ज्यानको जोखिम समेत बढेको बताएका छन्। यस्ता अनिधाकृत गतिविधि चिनियाँ सोसल मिडिया प्लेटफर्म वी चार्टमार्फत भएका थिए। यी सामाजिक सञ्जालमार्फत् नै चिनियाँ क्यानडेली बेइजिङका लागि काम गर्ने गरेको आधारहरू देखिन थालेका छन्।
चीनको यस कदमकै कारण क्यानडामा विभाजनको सम्भावना समेत देखिन थालेको छ। त्यहाँका आदिवासी तथा आप्रवासीको बीचमा रहेको खाडलमा चिनियाँ मूलका आप्रवासीप्रति हेर्ने दृष्टिकोण अझ खराब हुनसक्ने छ। गएको केही वर्षयता कोभिड-१९ महामारी तथा क्यानडा र चीनबीचको तनावपूर्ण वातावरणका कारण थुप्रै कानुनी प्रसङ्ग र व्यापारिक उतारचढावका कारण चीनका एसिया विरोधी र चीन विरोधी हिंसा भड्कन पाएनन्।
अहिले संसार नै जलवायु परिवर्तन, सामाजिक स्वास्थ्य तथा वातावरण सुधार जस्ता कुरामा अल्झिएको समयमा संसारको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन क्यानडामा आफ्नो प्रभाव जमाउन चाहन्छ। चीनको कदमले क्यानडा सचेत र सावधान हुनुपर्ने अवस्था आइसकेको छ। तथापि प्रजातान्त्रिक मूल्य र मान्यताको मतलब सबैको मतको सम्मान गर्न आवश्यक भएकाले यसको बारे क्यानडामा अहिले तीव्र बहस भएको छ।
सी चिन फिङ सत्तामा आइसकेपछि अन्य देशको चासो लिने सवालमा चीन आक्रामक भएको छ। अन्य देशको अर्थतन्त्र, त्यहाँको विकास तथा सैन्य नीतिमा समेत चिनियाँ चासो बढेको छ।
अहिले क्यानडामा सबै स्टेक होल्डर गलत अफवाह र चीनको यो खराब नीतिका कारण सावधान गराउने कुरामा तल्लीन छन्। क्यानडामा जस्टिन ट्रेडेउ सत्तामा आएपछि नै उनीमाथि चीनमाथि बढी चासो दिएको मात्र छैनन् सम्बन्ध सुमधुर बनाउन पनि प्रयास गरेका छन्। उनीमाथि संसदीय समितिले छानबिन जारी राखेको छ।
यस पटकको संसदीय निर्वाचनमा ट्रेडेउलाई साथ दिनु एक वर्ष अगाडि नै जी-२० सम्मेलनकै दौडान ट्रेडेउ चिनियाँ राष्ट्रपति विशेष भेट भएको कुरा क्यामरामा देखिएपछि यसले धेरैलाई आशङ्कित तुल्याएको थियो। क्यानडाको राजनीतिमा चीनको उपस्थितिका बारे यो बहस अझ जारी नै छ। धेरै विज्ञ र थिङ्क ट्याङ्कले यसमा अहिले पनि बहस जारी नै राखेका छन्। चीनले ट्रेडेउका लिबरल पार्टीका नेतालाई मात्र होइन, विचार मिल्ने अन्य व्यक्तिलाई पनि साथ दिने गरेका छन्। सी चिन फिङ सत्तामा आइसकेपछि अन्य देशको चासो लिने सवालमा चीन आक्रामक भएको छ। अन्य देशको अर्थतन्त्र, त्यहाँको विकास तथा सैन्य नीतिमा समेत चिनियाँ चासो बढेको छ।
चीनले कन्जरभेटिभ पार्टीले जित हात पारेमा अमेरिकाको चाहनामा चल्ने तथा त्यहाँ जाने विद्यार्थीका लागि असहज हुने वातावरण तयार हुने ठहर गरेको थियो।
त्यसै रिपोर्टका अनुसार चीनले हराउने लक्ष्य लिएको कन्जरभेटिभ पार्टीका केही नेता पराजित भएका थिए। निर्वाचन हुनु आठ साता अगाडि एक चिनियाँ अधिकारीले क्यानडाको चाहनाका बारे प्रस्ट राखेका थिए। क्यानडामा अस्थिरता होस र कुनै पक्षको पकड नहोस् भन्ने चिनियाँ चाहना थियो। यस कारण बेइजिङले लिबरल र कन्जरभेटिक दुवै पार्टीबाट केही निश्चित व्यक्ति जिताउने र संसद्मा उनीहरूलाई भिडाउने नीति लिएको थियो।
लिबरलहरू पनि पछिल्लो समय चीनप्रति उदार नभएपछि उनीहरू खुसी हुन सकेका छैनन्। सन् १९८९ मा तीयानमेन चोक नरसंहारपछि क्यानडा र चीनको सम्बन्ध बिग्रिएको थियो। सन् २०१८ मा अमेरिकाको विशेष साथमा ओटावाले हुवाईका दुई जनालाई पक्राउ गरेपछि बेइजिङको सम्बन्ध अझ बिग्रिएको हो। चीनले कन्जरभेटिभ पार्टीले जित हात पारेमा अमेरिकाको चाहनामा चल्ने तथा त्यहाँ जाने विद्यार्थीका लागि असहज हुने वातावरण तयार हुने ठहर गरेको थियो।
चीनले आफ्नो लक्ष्यलाई पुरा गर्न सामाजिक सञ्जालको पूर्ण प्रयोग गर्ने गरेको छ। प्रपोगान्डालाई यसरी उठाउने गरेको छ कि कुनै गलत कुरा ट्विट भएपछि यो धेरै पटक रिट्वीट हुने गरेको छ।
त्यही रिपोर्टका अनुसार चिनियाँ अधिकारीका अनुसार सहयोगी र दाताको रूपमा यसरी क्यानडामा प्रवेश गर्ने नीति लिइएको छ। कन्जरभेटिभ नेता एरिन ओटोलेका अनुसार चीनले फैलाएको गलत अफवाहको कारण सो पार्टीले आठ वा नौ सिट गुमाएको थियो। केही कन्जरभेटिभ नेता हराउन त बेइजिङले अभियान नै चलाएको थियो।
चीनले आफ्नो लक्ष्यलाई पुरा गर्न सामाजिक सञ्जालको पूर्ण प्रयोग गर्ने गरेको छ। प्रपोगान्डालाई यसरी उठाउने गरेको छ कि कुनै गलत कुरा ट्विट भएपछि यो धेरै पटक रिट्वीट हुने गरेको छ। सन् २०२१ को मेमा भएको एक सर्वेक्षणमा चीनको अधिकारीका २६ हजार ८ सय ७९ ट्वीटर पुरै बन्द हुनु अगाडि धेरै पटक यस्ता अफवाह फैलाइएको थियो।
गुगलकै अनुसार पनि चीनले धेरै नक्कली युट्युब च्यानल बनाएर अफवाह फैलाउने गरेको छ। उर्गुयस मुसलमान अमेरिकाको विरोध गरिरहेको नक्कली भिडियो बनाएर पोस्ट गरिएको थियो। प्रो पब्लिकले गरेको अध्ययन अनुसार यो भिडियो त्यहीँको तल्लो तहको यस्ता भिडियोहरेक दिन नै अपलोड गरिएका हुन्छन्।
अन्तर्राष्ट्रिय विश्लेषकका अनुसार कोभिड-१९ महामारी, सन् १९८९ को तीयानमेन चोकको नरसंहार, तिब्बत तथा ताइवान र हङकङसँग सरोकार राख्ने विषय नै थिए।
यसरी अपलोड गरिने भिडियोको अर्थ चिनियाँ अधिकारीको चाहनालाई नै जताततै लग्ने हो। यस्ता युट्युब च्यानल खडा गर्ने काम निश्चित प्रयोजनका लागि बढी हुने गरेको छ। अन्तर्राष्ट्रिय विश्लेषकका अनुसार कोभिड-१९ महामारी, सन् १९८९ को तीयानमेन चोकको नरसंहार, तिब्बत तथा ताइवान र हङकङसँग सरोकार राख्ने विषय नै थिए।
लिथुवानीयको साइबर सेक्युरिटी निकायले प्राप्त गरेको एक तथ्यका अनुसार चीन बाहिर बेचीने फोनमा आवधिक रूपमा प्रतिबन्धका शर्तहरू डाउनलोड हुने गरेका छन्। सिंगापुरमा बेचिएका यस्ता फोनमा ब्राउजर र साङ्गीतिक एपमा यस्तो हुने गरेको थियो।
ती चिनियाँ फोनले केही निश्चितलाई निगरानी गर्ने गरेका छन्। स्वतन्त्रता, मानव अधिकार,प्रजातन्त्र, निर्वाचन मात्र होइन हिन्दु, इस्लाम र पाकिस्तानी जस्ता शब्दमा बढी निगरानी रहने गरेको छ।गएका केही वर्ष खराब ढङ्गले चलिरहेको चीनले जीयामी, हुवाई र स्टार टाइम्सलाई प्रयोग गर्दै प्रोपोगान्डाको कामलाई निरन्तरता दिइरहेको छ।
चीनको चाहना आफ्ना आन्तरिक र बाह्य दुस्मनका बारे लगातार आक्रामक रूपमा सूचना संयन्त्रलाई प्रयोग गर्ने हो।
चीनको यो गतिविधिका बारे इन्स्टिच्युट अफ स्ट्रेटेजिक रिसर्च अफ द फ्रेन्च मिनिस्ट्री फर द आर्मड फोर्स–पाउल चारोन र जीयान वापटीस्टे जीयनजीयन भिल्मरले चीनले कसरी गलत सूचना फैलाउँछ भन्ने कुरा उल्लेख गरिएको छ। सो प्रतिवेदनका अनुसार चीनको चाहना आफ्ना आन्तरिक र बाह्य दुस्मनका बारे लगातार आक्रामक रूपमा सूचना संयन्त्रलाई प्रयोग गर्ने हो। यो काम पार्टी, राज्य र सेना सबै मिलेर गर्ने गरेका छन्।
त्यसै रिपोर्टको अनुसार चिनियाँ नीति भनेको एकै पटक सञ्चार, अर्थतन्त्र, राजनीति र सञ्चार सबैमा चासो दिने हो। स्रोत : बीबीसी, सीबीसी, द ग्लोब एन्ड मेल एसिया निके, एनपीआर,डिपेप्याट र इर्सेम फ्रान्स