समाचार

ललितपुरमा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु 

By खबरहब

April 11, 2023

काठमाडौँ– ललितपुर महानगरपालिकामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदैछ ।

महानगरले सबै खोप केन्द्रमा फाइजर कम्पनीको खोप दिने जनाएको छ । पहिलो मात्रा लगाएको तीन महिना पूरा भएका र बुस्टर मात्रा लगाएर ६ महिना पूरा भएकालाई लक्षित गरेर खोप अभियान चलाउन लागिएको हो ।

आज, भोलि र पर्सि खोप अभियान चल्ने महानगरपालिकाले जनाएको छ । १० वटै वडाका स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रमा खोप कार्यक्रम हुनेछ ।