राजनीति

निर्वाचन आचारसंहिताविपरीत बारा-२ मा चुनाव प्रचार

By खबरहब

April 11, 2023

बारा– निर्वाचन आयोगले चुनावको बेला स्थानीय तहका जनप्रतिनिधिहरुलाई पार्टीको चुनाव प्रचारप्रसारमा पूर्णरुपमा बन्देज लगाएको छ । तर, बाराको करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादवसहित कार्यपालिकाका केही सदस्यहरू भने जनता समाजवादी पार्टीको चुनाव प्रचारमा सक्रिय हुँदै आएका छन् । 

गाउँपालिकका अध्यक्ष यादवसहित सोही पालिकाका वडा नम्बर १ का वडा अध्यक्ष सोनालाल साह, कार्यपालिका सदस्य दिपक पासवान र कार्यापालिका सदस्य सुरेन्द्र साह जसपाका उम्मेदवार उपेन्द्र यादवको चुनाव प्रचारप्रसार समितिमा बसेर प्रचारमा लागेका हुन् । 

उनीहरूले निर्वाचन आचारसंहिताविपरीत करैयामाई गाउँपालिका वडा नम्बर ८ को बेलाही टोलमा ५ दलीय गठबन्धनको टोलस्तरीय भेला र बुथ कमिटीको बैठकमा सहभागी बनेका हुन् । सो कार्यक्रम करैयामाई गाउँपालिका अध्यक्ष यादवको प्रमुख आतिथ्यमामा भएको थियो । कार्यक्रममा जसपालाई जिताउन अध्यक्ष यादवले कार्यकर्ताहरूसँग आग्रह गरेका थिए ।  

कार्यक्रममा जसपा नेपालका नेता जोगेन्द्र पण्डित, रामविशवास साह, पिंकीकुमारी लगायतको उपस्थिति रहेको थियो ।