सांकेतिक तस्बिर

अपराध

विभिन्न स्थानबाट लागूऔषधसहित तीन जना ‍पक्राउ

By खबरहब

April 11, 2023

काठमाडौँ- लागूऔषधसहित देशका विभिन्न स्थानबाट तीन जना ‍पक्राउ परेका छन् । कञ्चनपुर, बेलौरी नगरपालिका ६ भुराकोटबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब १ ग्राम ४८ मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका १३ कैलारीगाउँ बस्ने २३ वर्षीय मदन राना र २८ वर्षीय निसान घर्ती मगर रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु प प्र ०१ ००९ प ३०९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब १ ग्राम ९४ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका ६ बस्ने २२ वर्षीय राहुल बिकलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने ४० वर्षीय बिमलबहादुर कटवालले बोक्न दिएको भनी खुल्न आएपछि कटवाललाई समेत विराटनगर महानगरपालिका १५ स्थित २ नम्बर ढाटमा फेला पारी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सिरहा, सखुवानान्कार्कट्टि गाउँपालिका २ सोठियाईनस्थित शौचालयको छतमाथिको ट्याङ्कीभित्र अवैध लागूऔषध गाँजा करिब १ केजी ५ ग्राम बरामद गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।