ब्रेकिङ स्टोरी

आर्थिक समृद्धि र विकासलाई केन्द्रमा राखेर अगाडि बढ्नुको विकल्प छैन : प्रधानमन्त्री

By खबरहब

April 11, 2023

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार र निजी क्षेत्रको क्रियाशिलता र योगदान अझ बढोस् भन्ने आफ्नो चाहना रहेको बताएका छन् ।

काठमाडौं मंगलबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले निजी क्षेत्र बलियो र सशक्त नभई मुलुक समृद्ध हुन नसक्ने र दीगो विकासको लक्ष्य प्राप्त गर्न पनि नसकिने बताए । यसप्रति सरकार स्पष्ट रहेको र आवश्यक सुधार गर्न तयार रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको समस्या राम्ररी बुझेको बताउँदै आफूले सरकारको नेतृत्व सम्हालेको दिनदेखि नै संकटउन्मुख अर्थतन्त्रलाई कसरी चाँडै सहज अवस्थामा ल्याउन सकिन्छ भनेर छलफल गरिरहेको बताए ।