आर्थिक

उत्पादनमूलक क्षेत्रमा लगानी गर्न उद्योगीलाई अर्थमन्त्रीको सुुझाव

By खबरहब

April 11, 2023

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्न निजी क्षेत्रलाई सुझाव दिएका छन् ।

काठमाडौं मंगलबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्ने बताएका हुन् ।

देशका हरेक संयन्त्रमा देखिएका समस्या समाधान गर्न आवश्यक रहेको बताएका उनले निजी क्षेत्रले उत्पादनमूलक उद्योगमा लगानी गरे सरकारले लगानीको वातावरण सहज बनाउने प्रतिबद्धता जनाए । यसका लागि अल्पकालीन, मध्यकालीन र दिर्घकालीन उपायहरूको व्यवस्था गरिने अर्थमन्त्री महतको भनाइ छ ।

रुस–युक्रेन युद्धलाई इंगित गर्दै उनले अन्तर्राष्ट्रियस्तरमा भइरहेका युद्धहरूको प्रभाव नपरे नेपालको आर्थिक वृद्धि चार प्रतिशतभन्दा माथि हुने दाबी गरे ।