ब्रेकिङ स्टोरी

कोरोना सङ्क्रमित एक जनाको मृत्यु

By खबरहब

April 11, 2023

काठमाडौँ– मंगलबार कोरोना भाइरस सङ्क्रमित एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मंगलबार दुई हजार चार सय ३६ जनामा गरिएको परीक्षणमा एक सय जनामा सङ्क्रमण देखिएको छ । यस्तै,  ४८ जना उपचारपछि घर फर्किएका छन् ।

मन्त्रालयले अझै केही दिनसम्म सङ्क्रमण बढ्दै जाने बताएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ६९ पुगेको छ । काठमाडौँ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसीयू) मा र पाँच जना भेन्टिलेटरमा उपचाररत छन् ।

नेपालमा पनि छिमेकी देश भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ देखा परेको छ ।