फाइल तस्वीर

राजनीति

सांसद श्रेष्ठले व्यवसायी प्रसाईंसँग घुस मागेको विषयमा रास्वपाले भोलि निर्णय लिने

By खबरहब

April 11, 2023

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको विषयमा भोलि निर्णय लिने सभापति रवि लामिछानेले बताएका छन् ।

श्रेष्ठले व्यवसायी प्रसाईंसँग मन्त्री हुनका लागि दुई करोड रुपैयाँ माग गरेको अडियो आइतबार सार्वजनिक भएपछि रास्वपाले यसबारे भोलि निर्णय लिने भएको हो ।

चितवनमा भएको चुनावी सभामा उनले केन्द्रीय समितिको बैठक बोलाएर भोलि निर्णय गर्ने बताए ।

अडियोमा उल्लेख भएका व्यक्तिहरु आफू वरपरका भएपनि उनीहरुलाई कारबाही गरिने उनले प्रतिबद्धता व्यक्त गरे ।