फाइल फोटो

ब्रेकिङ स्टोरी

खाणबारे निर्णय लिन कांग्रेस पदाधिकारी बैठक बस्दै

By खबरहब

May 11, 2023

काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ ।

पार्टीका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परे पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि बैठक बस्न लागेको हो ।

हिजोको बैठकमा खाणकाबारेमा प्रारम्भिक छलफल भए पनि उनीमाथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन ।

आज बस्ने बैठकले खाणलाई निलम्बन गर्न सक्ने अनुमान गरिएको छ ।