सांकेतिक तस्बिर

समाचार

छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु

By खबरहब

May 11, 2023

विराटनगर- छोराले चलाएको मोटरसाइकल दुर्घटनामा परी आमाको मृत्यु भएको छ।

मोरङको रंगेली नगरपालिका–५ धनापट्टीमा छोराले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार आमाको मृत्यु भएको हो ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठका अनुसार प्रदेश १–०२–०४९ प ७८३६ नम्बरको मोटरसाइकल दुर्घटनामा हुँदा गम्भीर घाइते भएकी ५० बर्सिया मानकी देवी साहको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा बुधवार राति निधन भएको हो।

दुर्घटना लगत्तै छोरा २९ वर्षीय दिनेशकुमार साहले उपचारका लागि आमालाई अस्पताल लगेका थिए। उक्त दुर्घटनामा आमा मानकीदेवीको मृत्यु भए पछि छोरामाथि नै अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।