ब्रेकिङ स्टोरी

टोपबहादुर रायमाझीलाई अहिले दोषी करार गर्न मिल्दैन : ओली

By खबरहब

May 11, 2023

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई अहिले नै दोषी र फरार करार गर्न नसकिने बताएका छन् । 

च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले अदालती प्रक्रियाले मात्र दोषी करार गर्न सक्ने बताए । तर, अहिले नै अपराधी हो भनेर करार गर्न नसकिने उनले बताए । 

भ्रष्टाचार प्रकरणमा एमालेका नेताहरू र एमालेको सरकारमा रहेकाहरूको मात्र नाम आएको भन्दै अध्यक्ष ओलीले जोसुकैको नाम आए पनि दोषी भए कारबाही गर्नुपर्ने बताए । 

तर, अदालतले दोषी सावित गर्नुअघि कसैलाई पनि दोषी आंशका गर्न सकिए पनि दोषी नै ठहर गर्न नसकिने उनको भनाइ छ ।