अपराध

सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको सामान बरामद

By खबरहब

May 11, 2023

रुपन्देही– सशस्त्र प्रहरीले करिब १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेकाे छ । हिजो रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका -१ स्थित डण्डा इलाकाबाट उक्त रकम बराबरको लत्ताकपडा र चिनी बरामद गरेको हाे ।

भारतबाट नेपालतर्फ अवैधरूपमा ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (विओपी डण्डा) रुपन्देहीले बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।