राजनीति

अमरेशले सरकारको भ्रष्टाचारविरुद्ध बोल्दा मुद्दा हालेछन् : ओली

By खबरहब

May 11, 2023

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले  स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले संसद्‍मा भ्रष्टाचारको विरोध गरेपछि उनकाविरुद्ध अख्तियारमा उजुरी परेको बताएका छन्। 

च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले  क्रममा सरकार अहिले विरोधीहरूलाई ठेगान लगाउने नियतका साथ अघि बढेको पनि बताए। 

अमरेशविरुद्ध सर्लाहीस्थित कांग्रेसकै एक कार्यकर्ताले भ्रष्टाचार मुद्दा हालेका थिए। अमरेशले संसद्‌मा भ्रष्टाचार र सरकारविरुद्ध कडा टिप्पणी गरेपछि ती कांग्रेस कार्यकर्ता उजुरी लिएर अख्तियार पुगेका थिए।