ब्रेकिङ स्टोरी

भारतमा भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु 

By खबरहब

June 11, 2023

कञ्चनपुर– कञ्चनपुरको सीमावर्ती भारतीय बजार वनबासा नजिकै पर्ने खटियास्थित चरकपुरमा भएको सडक दुर्घटनामा चारजना नेपालीको मृत्यु भएको छ ।

शनिबार उल्टाखाममा पूजापाठ सकेर भारतको उत्तराखण्ड खटिमास्थित मुडेलीतर्फ फर्किने क्रममा विपरित दिशाबाट गुडिरहेको कारले ठक्कर दिँदा एकै परिवारका चार जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

एकै परिवारका चार जना वनबासा हुँदै दुईवटा स्कूटरमा खटियातर्फ गइरहेका बेला दुर्घना भएको हो । 

दुर्घटनामा कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाम घर भएका नेमबहादुर चन्द, उनकी श्रीमती सरस्वती, बुहारी नर्मदा र भाइ बुहारी कल्पना चन्दको मृत्यु भएको हो । चकरपुरमा उनीहरूलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई अस्पताल पुर्‌याउने बित्तिकै मृत घोषित गएिको थियो । मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।