सांकेतिक तस्वीर ।

देश/प्रदेश

त्रिभुवन विमानस्थलबाहिर गोली चल्यो

By खबरहब

June 11, 2023

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर गोली चलेको छ । विमानस्थलको गेटनजिक लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो ।

लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन टोलीले गोली चलाएको हो । टोलीले लागूऔषध कारोबारी एक युवकलाई नियन्त्रणमा लिन घुँडामुनि गोली प्रहार गरेको हो ।

ती युवकको परिचय खुलिसकेको छैन भने उनलाई उपचारका लागि केएमसी अस्पतालमा लगिएको छ ।