सांकेतिक तस्बिर

देश/प्रदेश

ढुंगाले लागेर हुम्लामा एक बालकको मृत्यु

By खबरहब

June 11, 2023

सिमकोट– हुम्लामा ढुंगा खस्दा शनिबार साँझ एक बालकको मृत्यु भएको छ । ढुंगाले लागेर सर्केगाड गाउँपालिका–८ राहदेवका १० वर्षीय भूपेन्द्र रोकायाको ज्यान गएको हो ।

ढुंगाले लागेर अर्का एक बालक घाइते भएका छन् । घाइते हुनेमा सर्केगाड–८ कै ११ वर्षीय खनिल ऐडी रहेका छन् । दुवैजना बाख्रा चराउन वनमा गएका थिए ।

रोकायाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । ऐडीको दाहिने हात भाँचिएको छ ।