प्रतिकात्मक तस्वीर ।

देश/प्रदेश

नुहाउने क्रममा सेती नदिमा डुबेर एक जनाको मृत्यु

By खबरहब

June 11, 2023

डोटी– डोटीमा सेती नदीमा नुहाउने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । 

जिल्लाको पुर्विचौकी गाउँपालिका–४ सानागाउँका अन्दाजी ३८ वर्षीय तेज खड्काको नुहाउने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रूप सिंह थापाले बताए । खड्काको दिउँसो सेती पुल नजिक नुहाउने क्रममा मृत्यु भएको हो । 

डुबेर बेपत्ता भएका खड्काको प्रहरी र स्थानीयको खोजी कार्य पछि शव फेला परेको प्रहरीले जनाएको छ ।