मनोरञ्जन

‘बाघचाल’ का लागि अभिनेत्री खोज्दै दीपक मनाङे

By खबरहब

June 11, 2023

काठमाडौँ- सांसद राजीव गुरुङ (दीपक मनाङे) को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘बाघचाल’ ले मुख्य अभिनेत्रीका लागि अडिसन आह्वान गरेको छ । फिल्मले देश तथा विदेशमा रहेका नेपाली महिलालाई लक्षित गर्दै डिजिटल अडिसन आह्वान गरेको हो ।

फिल्ममा ‘लाखे’ फेम्ड निर्देशक सम्राट बस्नेतको निर्देशन रहनेछ । सम्राट नेपाली फिल्म क्षेत्रका द्वन्द्व निर्देशकका रुपमा परिचित छन् ।

निर्माण टिमले यसअघि सामाजिक सञ्जालमार्फत सूचना निकाल्दै फिल्मका लागि चाहिने ७ कलाकारका लागि अडिसन आह्वान गरेको थियो । जसअनुसार शनिबार र आइतबार राजधानीमा अडिसन सम्पन्न भएको छ ।

यो अडिसनमा १ सय ५१ जना सहभागी थिए । दुई दिनको अडिसनबाट छानिएका र डिजिटल अडिसनबाट छानिने मुख्य अभिनेत्री नाम आगामी असार १० गते सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।