प्रतिकात्मक तस्वीर ।

देश/प्रदेश

पोखरामा स्विमिङ पुलमा डुबेर बालकको मृत्यु

By खबरहब

June 11, 2023

काठमाडौं– पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका-८ आलुमाइला चोक बस्ने १० वर्षीय ऐनक्स थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखरा १६ बाटुलेचौरस्थित स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका थापालाई उपचारको लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनाको बारेमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।