क्रिकेट

भारतलाई हराउँदै अष्ट्रेलिया बन्यो वर्ल्ड टेष्ट च्याम्पियन

By खबरहब

June 11, 2023

काठमाडौँ – भारतलाई हराउँदै अष्ट्रेलियाले आइसिसी आइसिसी वर्ल्ड टेष्टको उपाधि जितेको छ । सोमबार इंग्ल्यान्डको द ओभलमा सम्पन्न फाइनल खेलमा अष्ट्रेलिया २ सय ९ रनले विजयी भएको हो ।

अष्ट्रेलियाले दिएको ४ सय ४४ रनको लक्ष्य पछ्याएको भारत पाँचौ दिनको पहिलो सेसनमा अलआउट हुदै २ सय ३४ रन मात्र बनाउन सक्यो । भारतका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन् । विराट कोहलीले सर्वाधिक ४९ र अजिन्का रहानेले ४४ रन बनाए ।

पहिले ब्याटिङ गरेको अष्टेलियाले स्टिभन स्मिथ र ट्राभिस हेडबीच २८५ रनको विशाल साझेदारीको मद्दतमा पहिलो इनिङमा चार सय ६९ रन बनाएको थियो ।

यससँगै अष्ट्रेलिया टी–२०, एकदिवसीय र टेष्ट विश्वकप जित्ने पहिलो राष्ट्र बनेको छ । भारत लगातार दोस्रोपटक टेस्ट च्याम्पियनसीपको फाइनलमा पराजित भएको हो । पहिलो संस्करणमा भारतलाई हराउँदै न्यूजिल्यान्ड विजेता बनेको थियो ।