फाइल तस्वीर

ब्रेकिङ स्टोरी

विपद् व्यवस्थापनमा गम्भीर बन्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

By खबरहब

June 11, 2023

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनका सन्दर्भमा गरेको मेहनत व्यवहारमा देखिनुपर्ने बताएका छन् ।

आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १८औँ बैठकलाई सम्बोधन गर्दै उनले त्यसतर्फ गम्भीर हुन मातहतका निकाय तथा सरोकारवाला निकायलाई निर्देशन दिए । “यस्तो गरिएको भए हुन्थ्यो यसो भएन, यहाँ कमजोरी भयो, यस्तो हुनुहुन्थेन भन्ने कुरा नहोस्”, उनले भने, “के के गर्नुपर्ने हो अहिले नै तयारी गरौँ, ठोस कार्ययोजना बनाएर अघि बढ्नुपर्छ ।”

कार्यकारी समितिका अध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठले विगतको कमजोरी नदोहो¥याउने गरी काम गर्न पनि आग्रह गरे । उनले प्रतिकार्य योजनालाई सबै निकायबीच छलफल गरेर तयार पारी तत्काल लागू गर्न निर्देशन दिए ।

पछिल्लो समयमा तातो हावाको लहर फैलिरहेको सन्दर्भमा उनले कहाँ के गर्नुपर्ने हो खास योजना तयार पार्न पनि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिए । “एक दुई दिनमै त्यस विषयमा ठोस प्रस्ताव ल्याउनुहोस्, त्यो कार्यान्वयनमा जाने गरी आओस्”, उनले भने ।