आर्थिक

मंगलबार नेप्सेमा सामान्य अंकको गिरावट

By खबरहब

July 11, 2023

काठमाडौँ- सेयर बजारमा मंगलबार सामान्य रुपमा ओरालो लागेको छ । यस दिन नेप्से सूचक ४.७३ अंकले घटेर २०७२.२४ विन्दुमा आएर अडिएको छ । मंगलबार २ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

सूचक दबाबमा रहँदा कारोबार रकम पनि खुम्चिएको हो । यस दिन ३ कम्पनी सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । विकास बैंक र फाइनान्स समूहमा चमक देखिएको छ ।

यस दिन २८३ कम्पनीको ७९ लाख ८८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १२ करोड ७८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र सोल्टी होटल परेका छन् ।