ब्रेकिङ स्टोरी

मनाङ एयर हेलिकोप्टर दुर्घटनाका मृतकको शव काठमाडौं ल्याइयो

By खबरहब

July 11, 2023

काठमाडौँ- सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी निधन भएकाहरूको शव काठमाडौं ल्याइएको छ । दुई वटा हेलिकोप्टरमार्फत शवलाई काठमाडौं ल्याइएको हो ।

मंगलबार बिहान काठमाडौंबाट उडेको हेलिकोप्टर सोलुखुम्बुबाट फर्किने क्रममा लिखुपिके गाउँपालिका ५ लाम्जुरापास नजिक दुर्घटना भएको थियो । दुर्घटनामा पाइलट क्याप्टेन चेतबहादुर गुरुङ र पाँच जना मेक्सिकन नागरिकको मृत्यु भएको थियो ।

सोलुखुम्बुको सुर्केबाट आज बिहान ९ बजेर ५२ मिनेटमा काठमाडौंका लागि उडेको कलसाइन एनए एमभी कलसाइन भएको हेलिकोप्टर बिहान १० बजेर १ मिनेटपछि टावरसँग सम्पर्कविहीन भएको थियो ।