क्रिकेट

महिला टी-ट्वान्टी विश्वकप एशिया छनोटको लागि नेपाली टिमको घोषणा

By खबरहब

August 11, 2023

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले महिला टी-ट्वान्टी विश्वकपको एशिया छनोटको लागि नेपाली टिमको घोषणा गरेको छ।

बिहीबार रुबिना क्षेत्रीको कप्तानीमा क्यानले १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। टोलीमा रुबिना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, बिन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवि पौडेर, अप्सरी बेगम, अस्मिना कर्माचार्य खुशी डंगोल रहेका छन् । 

विश्वकपको एशिया छनोट आगामी अगस्ट २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुने छ। एशिया छनौटमा १२ देशले भाग लिँदै छन्। जसमा नेपाल समुह ए मा रहेको छ। समुह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन्।

त्यस्तै समुह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन्।