देश/प्रदेश

नदी कटानका कारण दोदा नदीमा रहेको झुलङ्गे पुल जोखिममा

By खबरहब

August 11, 2023

कञ्चनपुर– कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर–४ दोदा नदीमा रहेको झुलङ्गे पुल जोखिममा परेको छ।

उक्त पुल अविरल वर्षा र नदी कटानका कारण जोखिममा परेको हो। गत वर्ष एम आर ई डी परियोजनाद्वारा निर्माण गरिएको जैविक तटबन्ध एक चोटीको बाढीले नै भत्काई दिएको छ।

नदीले कटान गर्दै आइरहेकोले यसको विकल्प स्थानीय सरकारले नसोचे यो पुल भत्किने स्थानीयहरुले बताएका छन् ।

स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारकाले यसको तुरुन्त अनुगमन गर्नुपर्ने र पुललाई कसरी सुरक्षित राख्न सकिन्छ त्यस तर्फ पहल गर्नुपर्ने स्थानीयको भनाई छ।