सांकेतिक तस्वीर

देश/प्रदेश

कैलालीमा गर्भपतनको औषधि सेवन गरेकी एक महिलाको मृत्यु 

By खबरहब

August 11, 2023

कैलाली– गर्भपतन गराउन आएकी एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिकामा रहेको एक क्लिनिकमा गर्भपतन गराउन पुगेकी महिलाको अनावश्यक औषधी सेवनबाट मृत्यु भएको हो । 

धनगढीस्थित मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन पुगेकी धनगढी–१२ जुगेडाकी ३५ वर्षीया महिलाको मृत्यु भएको हो। उनका आफान्तजनले अनावश्यक औषधी दिएपछि उनको सोही औषधीका कारण मृत्यु हुन पुगेको आरोप लगाएका छन् । 

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार बिहीबार  बिहान गर्भपतन गर्न गएकी ती महिलालाई क्लिनिकका स्वास्थ्यकर्मीले सेवनका लागि औषधि दिएको थियो । औषधि सेवन गरे पछि अचानक उच्च रक्तस्राव भए पछि तुरुन्तै ती महिलालाई सेती अस्पताल लगिएको थियो । प्रहरीका अनुसार केही समय पछि उनको उपचारकै क्रममा मृत्यु हुन पुगेको हो ।

ती महिलाको मृत्यु भए पछि क्लिनिक सञ्चालक विनोद जोशी र उनकी पत्नी आशिका ओझा फरार रहेका छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।