साङ्केतिक तस्वीर

देश/प्रदेश

निजी विद्यालय सञ्चालकहरूको आन्दोलन स्थगित

By खबरहब

August 11, 2023

काठमाडौँ- निजी विद्यालय सञ्चालकहरुले आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

संसदमा पेस गर्न लागिएको शिक्षा विधेयकको विषयलाई लिएर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका विद्यालय सञ्चालकहरुले सरकारसँग वार्ता भइरहेकाले तत्कालका लागि आन्दोलन स्थगित गरेका हुन् ।

निजी विद्यालय अनिश्चितकालीन बन्द गर्नेससम्मको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका निजी विद्यालयका छाता संगठन प्याब्सन, हिसान र नेसनल प्याब्सनले आन्दोलन स्थगित गरेका हुन् ।