ब्रेकिङ स्टोरी

संसद् बैठक सञ्चालनका लागि पहल गरिदिन सभामुख घिमिरेलाई रास्वपाको आग्रह

By खबरहब

August 11, 2023

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसद् बैठक नियमित सञ्चालनका लागि सार्थक पहल गर्न सभामुख देवराज घिमिरेसमक्ष आग्रह गरेको छ ।

एक क्विन्टल सुन तस्करी प्रकरणको छानविन गर्न समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले १० साउनदेखि लगातार सदन अवरुद्ध गर्दै आएको छ । शुक्रबारको बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरे । जसअनुसार आउँदो सोमबार बस्नेगरी बैठक स्थगित गरिएको छ ।

सभामुख घिमिरेसँगको भेटवार्ताका क्रममा रास्वपाका सांसदहरुले संसद बैठक सञ्चालनका लागि सार्थक पहल गरिदिन आग्रह गरेका हुन् ।

रास्वपाले सदन अवरोधको समयको सुविधा नलिने जानकारी पनि सभामुखलाई गराएको छ ।