सांकेतिक तस्बिर

देश/प्रदेश

पहिरोमा पुरिएर मकवानपुरमा प्रहरी जवानको मृत्यु

By खबरहब

August 11, 2023

हेटौँडा- मकवानपुरको भैँसेस्थित प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानको पहिरोमा परिएर ज्यान गएको छ । ज्यान गुमाउनेमा जाजरकोटको शिवालय गाउँपालिका ८ घरभएका कृतिबहादुर नेपाली रहेका छन् ।

भैँसे बजारबाट हेटौंडा बजारतर्फ मोटरसाइकलमा प्रहरी जवान नेपाली र सुनिल मेचे आउँदै गर्दा बिहीबार राति ११ बजेर २५ मिनेट जाँदा त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका १ स्थित हेटौंडा–भैँसे सडक खण्डको बुलबुलेमा माथिबाट पहिरो खसेको थियो ।

घटनामा गम्भीर घाइते भएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । अर्का घाइते प्रहरी जवानको हेटौंडा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।