सांकेतिक तस्बिर

अन्य

डेंगु संक्रमणबाट पाल्पामा ११ महिने बालिकाको मृत्यु

By खबरहब

August 11, 2023

पाल्पा- पाल्पामा डेंगु संक्रमणबाट ११ महिने बालिकाको ज्यान गएको छ ।

युनाइटेड मिसन अस्पताल तानसेन पाल्पामा उपचारको क्रममा ११ महिनाकी बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा वालिङ नगरपालिका ११,स्याङजा आमडाँडाकी ११ महिनाकी बालिका रहेकी छन् ।

डेंगु पोजेटिभ बालिकाको उपचारका क्रममा बिहीबार मृत्यु भएको अस्पतालका मेडिकल रेकर्ड अधिकृत दोर्ण भुसालले जानकारी दिए ।