फाइल तस्वीर

आर्थिक

धितोपत्र बोर्डबाट थप तीन कम्पनीले पाए ब्रोकर लाइसेन्स

By खबरहब

August 11, 2023

काठमाडौँ- नेपाल धितोपत्र बोर्डले थप तीन कम्पनीलाई धितोपत्र दलाल (ब्रोकर) लाइसेन्स दिएको छ ।

साउन २४ गतेको निर्णयअनुसार जेबीएनएल सेक्युरिटिज, आरबीबी सेक्युरिटिज र सीबीआईएल सेक्युरिटिज लिमिटेडले ब्रोकर लाइसेन्स पाएका हुन् ।

यी तीनवटै कम्पनीले सीमित काम गर्ने गरी लाइसेन्स पाएका छन् ।