सांकेतिक तस्बिर

करेन्ट लागेर बालिकाको मृत्यु

By खबरहब

August 11, 2023

चन्द्रौटा – कपिलवस्तुको विजयनगर गाउँपालिकामा करेन्ट लागेर छ वर्षीय बालिकाको मृत्यु भएको छ । गाउँपालिका–२ जर्लैया बस्ने चाँद अलि भाँटको छोरी साहिना खातुनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर अगाडि नल्कामा जडान गरिएको पानी तान्ने मोटरबाट नुहाउने क्रममा अचानक नातिनी र हजुरआमालाई करेन्ट लाग्दा नातिनी साहिना खातुनको मृत्युु भएको र हजुरआमा ४८ वर्षीय अन्जुम भाँट घाइते भएको परिवारले जनाएको छ ।