तस्वीर- युक्रेनस्थित भारतीय दूतावास/ट्विटर

अन्तर्राष्ट्रिय

भारतद्वारा युक्रेनलाई मानवीय सहायता प्रदान

By खबरहब

August 11, 2023

किभ- भारतले युद्धग्रस्त युक्रेनलाई मानवीय सहायता पठाएको छ । भारतले युक्रेनलाई मानवीय सहायताको १४ औँ खेप हस्तान्तरण गरेको हो ।

अत्यावश्यक औषधिलगायतका मानवीय सहायताका सामग्री युक्रेनका लागि भारतीय राजदूत हर्ष जैनले युक्रेनी उपस्वास्थ्यमन्त्री इहोर कुजिनलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण समारोहमा उपस्वास्थ्यमन्त्री कुजिनले भारत सरकारलाई मानवीय सहायताप्रति धन्यवाद ज्ञापन गरे । त्यसअघि भारतले युक्रेनलाई स्लिपिङ ब्यागहरु, कम्बल, पण्डालजस्ता सामग्री हस्तान्तरण गरेको थियो ।

भारतले युक्रेनमा जारी द्वन्द्वको समाधानका लागि वार्ता र कूटनीतिमा जोड दिँदै आएको छ । भारतले युक्रेनमा जारी द्वन्द्वप्रति गहिरो चासो व्यक्त गर्दै शत्रुताको तत्काल अन्त्य गर्नका साथै वार्ता र कूटनीतिक संवादमा फर्कन बारम्बार आग्रह गर्दै आएको छ ।