ब्रेकिङ स्टोरी

सुन तस्करी प्रकरणमा वर्षमानका विश्वासपात्र भण्डारीसँग सीआईबीको बयान 

By खबरहब

September 11, 2023

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनका विश्वासपात्र भीमकान्त भण्डारीसँग सोधपुछ गरेको छ ।

भण्डारीलाई हिजो सीआईबी कार्यालयमा बोलाएर सोधपुछ गरेको हो ।

कोरोना कालमा अस्वभाविक सम्पत्ति आर्जन गरेको पाइएपछि अख्तियार र सम्पत्ति शुद्धीकरणमा मुद्धा समेत खेपीरहेका भण्डारीको हालै भइरहेको सुन तस्करी प्रकरणमा पनि संलग्नता पुष्टि हुने आधार देखा परेपछि सीआईबीले उनीसँग सोधपुछ गरेको हो ।

नायबसुब्बा मात्रै रहेका भण्डारीले माओवादीका अर्थ मन्त्री पुनसहित पूर्वमन्त्री कृष्णबहादुर महरा, सामान्य प्रशासनमन्त्री हितराज पाण्डे र समाज कल्याणमन्त्री आशा कोइरालाको सचिवालयमा काम गरेका थिए ।

सरकारी कर्मचारी भए पनि माओवादीका प्रभावशाली मन्त्रीको सचिवालयमा कार्य गरेको भण्डारीले छोटो समयमा नै अस्वभाविक आम्दानी गरे पछि हाल उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ ।