प्रवास

साउदीमा पासपोर्ट लिन आउने सेवाग्राहीलाई निःशुल्क पिउने पानी

By खबरहब

September 11, 2023

दोहा– साउदी अरबमा पासपोर्ट लिन आएका नेपाली सेवाग्राहीहरुका लागि निःशुल्क पिउने पानीको व्यवस्था गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले पासपोर्ट लिन आएका सेवाग्रही नेपालीहरूलाई निःशुल्क पिउने पानीको व्यवस्था गरेको हो ।

आप्रवासी कामदार समाजका अनुसार संघले साउदी अरबको पूर्वी क्षेत्रमा कमसेकम दमामका अतिरिक्त जुबैल शहरमा समेत विगतमा झैँ पासपोर्ट वितरणका लागि नेपाली राजदूतावास रियादलाई औपचारिक भेटवार्तामा अनुरोध गरेको थियो । सो को कार्यान्वयन नहुँदा दमाममा सेवाग्राहीहरूको भिड जारी नै रहेको छ । 

यो भिडमा प्रचण्ड गर्मीमा घण्टै प्रतिक्षा गरेपछि मात्रै पासपोर्ट पाइने भएकाले निःशुल्क पिउने पानी वितरण गरिएको एनआरएनएले जनाएको छ ।