फाइल तस्वीर

अन्तर्राष्ट्रिय

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन रुस प्रस्थान

By खबरहब

September 11, 2023

प्योङयाङ- उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन रुस प्रस्थान गरेका छन् । उनी चढेको रेल रूसका लागि प्रस्थान गरेको दक्षिण कोरियाली समाचार संस्था योनहापले सोमबार एक अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको हो ।

योनहापका अनुसार किमको रेल ‘छुटेको जस्तो’ देखिन्छ ।

कोरोना भाइरसको महामारी सुरु भएयता विरलै आफ्नो देश छोड्ने र यात्रा नगरेका किमले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग हतियार सम्झौताबारे छलफल गर्ने अनुमान गरिएको छ ।

अमेरिकी र अन्य अधिकारीहरूले हालै द न्यूयोर्क टाइम्सलाई बताएअनुसार किम पुटिनलाई भेट्न रूसको प्रशान्त महासागरीय तटमा पर्ने भ्लादिभोस्तोक जाने सम्भावना छ ।

प्योङयाङको ऐतिहासिक सहयोगी रूस दशकौंदेखि उत्तर कोरियाको महत्वपूर्ण समर्थक थियो र उनीहरूको सम्बन्ध ७५ वर्षअघि उत्तर कोरियाको स्थापनादेखि नै रहेको छ ।

उत्तर कोरियाली नेता किमले युक्रेनमा रुसी आक्रमणको समर्थन गर्दै आएका छन्, जसमा रकेट र क्षेप्यास्त्र आपूर्ति पनि समावेश छ ।

गत जुलाईमा पुटिनले ‘युक्रेनविरुद्ध विशेष सैन्य कारबाहीका लागि प्योङयाङको दृढ समर्थन’ को प्रशंसा गरेका थिए ।