राजनीति

नेपाललाई युक्रेन बनाउन खोजियो : महासचिव विप्लव

By खबरहब

September 11, 2023

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाललाई युक्रेनको अवस्थामा लैजान खोजेको भन्दै आपत्ति जनाएका छन् ।

समाजवादी मोर्चा नेपालको कोशी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले साम्राज्यवादीहरुले नेपाललाई युक्रेन बनाउन खोजेको आरोप लगाएका हुन् ।

यसलाई रोक्न समाजवादी मोर्चा गठन गरिएको उनको भनाइ छ । इतिहासका पेचिलो अवस्था देश पुगेको बताउँदै उनले समाजवादीहरु एक भएर मोर्चा गठन भएको दाबी गरे ।