देश/प्रदेश

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा कर्मचारी संगठन विजयी

By खबरहब

September 11, 2023

काठमाडौँ- सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी संगठन विजयी भएको छ ।

आइतबार निर्वाचनमा घनश्याम अर्यालको नेतृत्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी संगठनले ९६ मत तथा कर्मचारी युनियनले ८५ मत प्राप्त गरे ।

यसअनुसार कर्मचारी संगठनले प्रतिस्पर्धी कर्मचारी युनियनलाई ११ मतले पछि पार्दै विजय हासिल गरेको हो । मतदानमा १८५ जना मतदाता रहेका थिए ।