राजनीति

कोशीको मुख्य न्यायाधिवक्तामा आचार्य नियुक्त

By खबरहब

September 11, 2023

विराटनगर- कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्य नियुक्त भएका छन् ।

सोमबार प्रदेश प्रमुख प्रशुराम खापुङले मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्यलाई नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

सोमबार नै विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा उच्च अदालत विराटनगरका निमित्त मुख्य न्यायाधीश दिनेशप्रसाद यादवले नवनियुक्त मुख्य न्यायाधिवक्ता आचार्यलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । भाद्र २४ गते मुख्य न्यायाधिवक्ता बुद्धिबहादुर कटुवालले राजीनामा दिएपछि आचार्यलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको हो ।