बलिउड/हलिउड

गदर–२ ले तोड्यो बाहुबली–२ को रेकर्ड

By खबरहब

September 11, 2023

मुम्बई- गदर–२ ले बाहुबली–२ को रेकर्ड तोडिदिएको छ । फिल्मले रिलिजको २९ दिनपछि रेकर्ड तोड्न सफल भएको हो । हालसम्म फिल्मले ५११ करोड भारु कमाएको छ । यसका साथै यो सबैभन्दा धेरै कमाउने दोस्रो हिन्दी फिल्म बनेको छ ।

पहिलो नम्बरमा शाहरुख खानकै पठान छ । पठानले ५४३ करोड भारु कमाएको थियो । यो हिसाबले गदर–२ ले पठानको रेकर्ड तोड्न ३५ करोड भारु कमाउनुपर्नेछ ।

बाहुबली–२ को हिन्दी संस्करणले ५१०.९९ करोड भारु कमाएको थियो । सन् २०१७ मा रिलिज भएको यस फिल्मले बनाएको रेकर्ड पाँच वर्षसम्म तोडिएको थिएन । सन् २०२३ मा शाहरुख खानको फिल्म पठान रिलिज भयो ।

यो फिल्मले बाहुबली–२ को रेकर्ड मात्रै तोडेन, यसलाई उछिन्यो पनि । सन् २०२३ मा अर्को एउटा फिल्म रिलिज भयो, यसले बाहुबली–२ को रेकर्ड तोडिदियो ।

स्रोत- एएनआई