खेलकुद

अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुनबाट बञ्चित गराएको भन्दै तेक्वान्दो खेलाडीको विरोध

By खबरहब

September 11, 2023

काठमाडौँ- अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुनबाट बञ्चित गराएको भन्दै तेक्वान्दो खेलाडीहरुले विरोध जनाएका छन् ।

काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेलाडीहरुले दक्षिण कोरियाली राजदूतावासको आर्थिक सहयोगमा सञ्चालन हुन गइरहेको कोरियन एम्बासडर ओपन च्याम्पियनसिपमा सहभागी हुनबाट तेक्वान्दो संघले बञ्चित गराएको खेलाडीहरुको भनाइ छ ।

उनीहरुले प्रतियोगितामा सहभागी हुनका लागि औपचारिक रुपमा नाम दर्ता गर्न जाँदा विभिन्न बहाना बनाएर फर्काइएको आरोप लगाए । संघलाई इमेलमार्फत पनि यसबारे जानकारी गराउँदासमेत सुनुवाइ नभएको खेलाडीहरुको गुनासो छ ।

आफूहरुको माग सम्बोधन नगरे संघविरुद्ध न्यायिक लडाई लड्न बाध्य हुने उनीहरुको चेतावनी छ ।