फाइल तस्विर -एएफपी

अन्तर्राष्ट्रिय

आतंकवादविरोधी कारवाहीमा पाकिस्तानमा दुईको मृत्यु

By खबरहब

October 11, 2023

इस्लामाबाद– पाकिस्तानको उत्तरपश्चिम खैवर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको छुट्टाछुट्टै कारवाहीमा दुई आतंककारी मारिएको पाकिस्तानीनी सेनाले जनाएको छ । 

सेनाले प्रान्तीय डेरा इस्माइल खान जिल्लाको जासुसी–आधारित कारवाहीमा दोहोरो भिडन्तमा एक आतङककारीलाई मार्न सफल भएको सेनाको मिडिया शाखाले इन्टर सर्भिस पब्लिक रिलेसनले विज्ञप्तिमा उल्लेख गरेको छ । मारिएका आतंतककारी हमला तथा सुरक्षा बलविरुद्ध गतिविधिमा सक्रिय रहेको सेनाले जनाएको छ ।

यसैगरी उत्तरी वाजिरिस्तान जिल्लामा आतंककारीसँग भएको अर्को भिडन्तमा सेनाले लुकेर बसेका अर्का आतंककारीलाई मारेको जनाएको छ । उक्त आतंकरीबाट हतियार र गोलाबारुद बरामद गरेको पनि सेनाले बताएको छ ।