खेलकुद

स्पेनिस ला लिगा : बार्सिलोनालाई हराउँदै गिरोना शीर्षस्थानमा

By खबरहब

December 11, 2023

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा गिरोनाले बार्सिलोनामाथि सानदार जित हासिल गरेको छ । 

गएराति सम्पन्न खेलमा बार्सिलोनालाई ४–२ गोलले हराउँदै गिरोनाले सहज जित निकालेको हो ।

गिरोनाको जितमा आर्टेम डोभबिक, मिगुएल गुटरेज, भलेरी फेर्नान्डेज र क्रिस्टियन स्टुआनीले एक–एक गोल गरेका थिए ।

त्यसैगरी बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की र इके गुनडोगानले एकएक गोल फर्काएका थिए ।

यो जितसँगै गिरोना लिग तालिकाको शीर्षस्थानमा उक्लिएको छ । १६ खेलबाट गिराेनाले ४१ अङ्क बनाएको छ भने दोस्रो स्थानको रियल म्याड्रिडको ३९ अङ्क छ । पराजित भएको बार्सिलोना ३४ अङ्कसहित चौथो स्थानमा छ ।