खेलकुद

इंग्लिस प्रिमियर लिग : न्यूक्यासलमाथि टोटनह्यामको जित

By खबरहब

December 11, 2023

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम विजयी भएको छ । आइतबार राति भएको खेलमा न्यूक्यासल युनाइटेडलाई ४–१ गोलले हराउँदै टोटनह्यामले सानदार जित निकालेको छ ।

टोटनह्यामको जितमा रिचार्लिशनले दुई गोल गरेका थिए भने डेस्टिनी उडोगी र सन् हेंग मिनले एक–एक गोल गरेका थिए । त्यस्तै न्यूक्यासलका लागि जेलिंगटनले एक गोल गरेका थिए ।

यो जितपछि टोटनह्याम १६ खेलबाट ३० अङ्कसहित लिगमा पाँचौं स्थानमा रहेको छ ।

त्यसैगरी न्यूक्यासलको भने यस सिजनमा छैटौँ हार हो । १६ खेलबाट २६ अङ्क रहेको न्यूक्यासल सातौँ स्थानमा रहेको छ ।