खेलकुद

एनएसएल फुटबल : आज पोखरा र काठमाडौँबीच प्रतिस्पर्धा हुँदै

By खबरहब

December 11, 2023

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज पोखरा थण्डर्स र काठमाडौँ रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ ।

जारी लिगमा दुवै टोलीले आज पाँचौँ खेल खेल्दै छन् । आज पोखरा जित निकाल्दै तालिकाको शीर्षस्थानमा उक्लने प्रयासमा रहने छ भने काठमाडौँ पनि तालिकामा सुधार ल्याउने लक्ष्यमा छ ।

यो सिजनमा पोखरा अपराजित टिम हो । पोखराले अहिलेसम्म खेलेका चारमध्ये दुईमा जित र दुईमा बराबरी गरी ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । 

यसैगरी काठमाडौँले चार खेलमध्ये एकमा जित, दुईमा बराबरी र एकमा हार बेहोर्दै ५ अङ्कका साथ पाँचौँ स्थानमा रहेको छ । मंसिर ८ गतेदेखि जारी प्रतियोगितामा नौ टिम सहभागि छन् ।