ब्रेकिङ स्टोरी

रास्वपा संसदीय दलको बैठक बस्दै

By खबरहब

December 11, 2023

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा अपराह्न ४ बजे बस्ने बैठकमा सङ्क्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि छलफल  केन्द्रित हुने पार्टी उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

बैठकमा पार्टी संसदीय दलको विधान, संसदको आगामी अधिवेशनलगायत विषयमा समेत छलफल हुनेछ । 

पार्टी सभापति तथा संसदीय दलका नेता रबि लामिछाने बेलायत यात्रामा रहेकाले बैठकको अध्यक्षता दलका कार्यवाहक नेता विराजभक्त श्रेष्ठले गर्ने जनाइएको छ ।