खेलकुद

एभर्टनसँग चेल्सी २–० ले पराजित

By खबरहब

December 11, 2023

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एभर्टनले चेल्सीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एभर्टनले चेल्सीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

एभर्टनको जितमा एडबोउलाए डोउकोउरे र लेविस डोबिनले एक–एक गोल गरेका थिए ।

यो जितपछि एभर्टनको १६ खेलबाट १३ अङ्क भएको छ र लिगमा १७औँ स्थानमा छ । यस सिजनमा एभर्टनमाथि १० अङ्कको कारवाही भएका कारण अङ्क तालिकामा पछाडि रहेको छ ।

त्यस्तै चेल्सीको भने यस सिजनमा यो सातौँ हार हो । १६ खेलबाट १९ अङ्क रहेको चेल्सी १२औँ स्थानमा रहेको छ ।