ब्रेकिङ स्टोरी

१२ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

By खबरहब

December 11, 2023

काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहेको अनुगमन कार्यालयले आदर्श कन्स्ट्रक्सन गोलबजार सिरहा, पोखरा– ८ कास्कीको त्रिवेणी निर्माण सेवा, नेपालगञ्जको गंगोत्री देवी निर्माण सेवालगायतलाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा परेका अन्य कम्पनीहरूमा श्री गंगोत्री देवी निर्माण सेवा, नेपालगञ्ज, श्री कमल कन्स्ट्रक्सन पाँचथर, अनामिका कन्स्ट्रक्सन बाँके, भाबेश कन्स्ट्रक्सन प्रालि बाँके, ऊर्जा–कुशभ–मष्ट जेभी काठमाडौँ, प्रान्जल निर्माण सेवा जुम्ला, रोहित निर्माण सेवा, पर्सा, पारस निर्माण सेवा बझाङ र रुमानी निर्माण सेवा सुर्खेत रहेका छन् ।

कम्पनीहरुलाई एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जनाइएको छ । कालो सूचीमा परेका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् ।