फाइल फोटो

आर्थिक

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

December 11, 2023

काठमाडौँ– नेपाली बजारमा साेमबार सुन र चाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले घटेको छ ।

महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी तोलामा १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।