ब्रेकिङ स्टोरी

सत्ता गठबन्धनका नेताहरूको बैठक जारी

By खबरहब

December 11, 2023

काठमाडौँ– सत्ता गठबन्धनका नेताहरूको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा राष्ट्रियसभा सदस्यमा भागबण्डा, एनसेल तथा सुन प्रकरण, टीआरसी विधेयकलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रियसभामा रिक्त १९ सदस्यका लागि निर्वाचनको मिति नजिकिँदै गर्दा गठबन्धनमा रहेका दलमा कसरी भागबण्डा मिलाउने भन्ने विषयमा दलहरूबीच सहमति नजिक पुगेपनि अन्तिम टुंगोमा पुग्न सकेको छैन ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार  नेपाल लगायत शीर्ष नेताहरू  सहभागी छन् ।